Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

‘चपली हाइट ३’ फागुन १ गतेदेखि रिलिज

‘चपली हाइट ३’ फागुन १ गतेदेखि रिलिज

  • काठमाडाैँ । कोराना संक्रमण बढेका कारण सरकारले हल बन्द गरेपछि प्रदर्शन स्थगित भएको फिल्म ‘चपली हाइट ३’ अब फेरि हलमा आउने भएको छ । सरकारले आगामी फागुन १ गतेदेखि सिनेमा हल सञ्चालन गर्न दिने भएपछि ‘चपली हाइट ३’ ले पुनः रिलिजको अवसर पाएको हो। 

    onlinepatrika
    Arghakhachi


    फिल्मका निर्माता अर्जुनकुमारले  फागुन १ गतेदेखि पुन रिलिजमा आउने जानकारी गराएका छन्। क्राइम थ्रिलरमा बनेको ‘चपली हाइट ३’ बारम्बार रिलिज डेट सर्दै गत पुस ३० गतेदेखि रिलिजमा आएको थियो भने कोभिड संक्रमणमा वृद्धि भएका कारण माघ ३ गतेदेखि हल बन्द भएकाले रिलिज रोकिएको थियो।

    AGNI GROUP

    निकेश खड्काद्वारा निर्देशित यस फिल्ममा आमिर गौतम, महेश त्रिपाठी, स्वस्तिमा खड्का, सुपुष्पा भट्टलगायतले अभिनय गरेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij