Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। वैशाख ३ गते काठमाडौंको दशरथ रङ्गशालामा हुने एक साङ्गीतिक कार्यक्रममा सलमान सहभागी हुने भएका हुन्।
सलमानसँगै सोही कार्यक्रममा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलीन फर्नान्डिज, निर्देशन तथा कोरियोग्राफर प्रभु देवा, मनिष पौललगायत सहभागी हुने भएका छन्।
यी कलाकारलाई नेपाल ल्याउने काम भने ओडीसी एन्टरटेन्मेन्टले गरिरहेको छ। यसका प्रबन्ध निर्देशक सीमान्त गुरुङले सलमानसहितका कलाकारलाई नेपाल ल्याउने सबै तयारी पूरा भइसकेको जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij