Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

युरेनियम सहित पक्राउ परेका काँग्रेस नेता महत दोषी हुन् त ?

युरेनियम सहित पक्राउ परेका काँग्रेस नेता महत दोषी हुन् त ?

  • ललितपुर/ नेपाली कांग्रेस नेता नवराज महत दुई केजी आठ सय ग्राम युरोनियम सहित पक्राउ परेका छन् । नेता महत सहित ८ जनालाई नेपाल प्रहरीले फागुन २ गते युरेनियम कारोबारको आरोपमा पक्राउ गरेको छ । प्रहरीको बिशेष ब्यूरो र बौद्ध वृत्तले सोमबार हायात होटलबाट दुई केजी आठ सय ग्राम युरोनियम बरामद गरेको हो ।nabaraj mahat.jpg

    onlinepatrika
    Arghakhachi

    नेपाली काँग्रेस ललितपुरका महाधिवेशन प्रतिनिधि तथा पार्टीका पूर्व जिल्ला उपसभापति समेत रहेका महत २०७४ सालको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार थिए ।

    AGNI GROUP

    पक्राउ पर्नेमा काँग्रेस ललितपुरका नेता नवराज महत सहित सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, सिरहाका गोपिलाल दास,  नारायण यादव, महोत्तरीका सुरेन्द्र प्रसाद चौधरी रहेका छन् । यस्तै भारतीय नागरिक उपेन्द्र कुमार मिश्र र राजु ठाकुर पनि पक्राउ परेका छन् ।Nepal.jpg

    महत बौद्ध इलाकामा केही व्यक्तिहरुले बिभिन्न समूह बनाई युरेनियमको सङ्कलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री बितरण गर्न लागेको सूचना पाएपछि प्रहरी प्रहरी प्रधान कार्यालयबाट समेत सादा पोशाकमा प्रहरी परिचलन गरिएको थियो ।
    आणविक ऊर्जा तथा हतियार बनाउन प्रयोग हुने ‘युरेनियम’ बिक्री–वितरणमा उनीहरू संलग्न रहेको प्रहरी स्रोतको दाबी छ । स्रोतकाअनुसार प्रहरीले नै स्टिङ अपरेसन गरेर उक्त गिरोहसँग खरिदको डिल गरेको थियो ।
    प्रहरीले खोजबिनका क्रममा ह्यात रिजेन्सी होटलको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको अवस्थाको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट २ किलो ८०० ग्राम तौल भएको युरोनियम भनिएको पदार्थसहित सुरुमा भुपेन्द्र बहादुर खड्का र नवराज महतलाई पक्राउ गरेको थियो ।  सोधपुछ गर्ने क्रममा उक्त युरोनियम जस्तो देखिने पदार्थलाई उनीहरुले भारतबाट ल्याई प्रतिकिलो ३५ करोडमा बिक्री गर्न लागेको खुलेको प्रहरीले जनाएको छ । यसका लागि उनीहरुले केही व्यक्तिसँग डिल समेत गरेको प्रहरीको भनाइ छ ।
    महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले सो धातु युरेनियम हो की होइन भन्ने पुष्टि हुन बाँकी रहेको बताए । २०७७ फागुनमा पनि प्रहरीले बौद्धबाट २ केजी युरेनियम जस्तो धातु सहित चार जनालाई पक्राउ गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij