
May 02 2025 | २०८२, वैशाख १९ गते
नमस्कार म पल शाह
म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु। सायद अहिलेसम्म मलाई हजुरहरु सबैले आफ्नो मनदेखि निकाली सक्नुभएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तरपनि म तपाईँहरु सामु म माथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।
केहीदिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समिक्षा अधिकारीद्वारा म माथि सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथि लगाईएको छ ती सबै नियोजित र षडयन्त्रपूर्वक ढङ्गले म माथि प्रहार गरिएको छ ।
उक्त अडियो क्लिपमा भनिए अनुसार, 'पलले म सुतिरहेको अवस्थामा मलाई सिरक ओढायो अनि जबर्जस्ती गर्न खोज्यो', 'हाम्रो सम्बन्ध २ बर्ष अगाडि देखि भएको अनि १ वर्ष पछि मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो' साथै, 'घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो' लगायत विभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो ।
र, यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवानरुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंल्याईदिनुहोला । यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्तिहरुको नाम यस प्रकार रहेको छ ।
१. साथी दुर्गेश थापा
२. ठुल्दाई सरोज ओलि
३. भाई कृष्ण जोशी
४. सम्राट चौलागाई
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij