Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल आज र सगरमाथा खबर कालो सूचीमा

नेपाल आज र सगरमाथा खबर कालो सूचीमा

  • ललितपुर/ प्रेस काउन्सिल नेपालले दुई अनलाइन सञ्चार माध्यमलाई कालोसूचीमा राखेको छ । काउन्सिलअन्तर्गत रहेको आचारसंहिता अनुगमन उपसमितिको आज बसेको बैठकले नेपाल आज डटकम (www.nepalaaja.com) र सगरमाथा खबर डटकम (www.sagarmathakhabar.com) लाई कालो सूचीमा राख्ने निर्णय गरेको हो । काउन्सिलअन्तर्गत रहेको आचारसंहिता अनुगमन उपसमितिको आज बसेको बैठकले सोको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रसारण विभागलाई समेत गराउने जनाएको छ । काउन्सिलले उक्त मिडियालाई उपलब्ध गराइने विज्ञापन, प्रेस पास तथा अन्य सेवा सुविधा उपलब्ध नगराउन पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) बमोजिम सिफारिस गर्ने समेत निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उक्त नेपाल आज अनलाइनका विरुद्ध विगत २ वर्षदेखि व्यक्तिगत जीवनमा आँच आउने गरी कार्यालयको ल्याण्डलाइनबाट पटकपटक फोन गरी हैरानी दिने गरेको आरोपसहित महिला पत्रकारबाट परेकासहित विभिन्न ६ उजुरी र काउन्सिलको स्वअनुगमनबाट देखिएका आचारसंहिता उल्लङ्घनका विषयमा सम्बन्धित पक्षको भनाइलाई सम्बोधन गरी खण्डन प्रकाशन गर्न पटकपटक निर्देशन दिइएपनि खण्डन प्रकाशन नगर्ने, कतिपय प्रकाशित खण्डन तोडमरोड गरेर पुनः बनाइ प्रकाशन गर्ने, घरीघरी सचेत÷ध्यानाकर्षण गराउँदा पनि कुनै सुधार नआइ आचारसंहिताविपरीत सामग्रीहरू सम्प्रेषण गरि नै रहेकाले कालोसूचीमा राखिएको  प्रेस काउन्सिल नेपालले जनाएको छ ।

    AGNI GROUP

    नेपाल आजले गलत अपुष्ट स्रोतको हवाला दिँदै सिलसिलेवररुपमा प्रायोजित एवम् एकपक्षीय सामग्रीहरू सम्प्रेषण गर्ने गरेको, व्यक्तिगत चरित्रहत्या हुने किसिमबाट पत्रकारिताको न्युनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको र ’ब्ल्याकमेलिङ’ गरी आफ्ना माग पूरा नभए विनाआधार चरित्रहत्या गर्ने गरेको भनी मौखिक एवम् लिखित गुनासाहरूसमेत आएको प्रेस काउन्सिलले जनाएको छ ।
    प्रेस काउन्सिल नेपालले काउन्सिलमा परेको विभिन्न ८१ वटा उजुरी फछ्यौट गरेको समेत प्र्रेस विज्ञाप्तिमार्फत जनाएको छ ।274234662_702433334253260_1282932062107123198_n.jpg 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij