Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वडा अध्यक्ष कार्कीको निधनपछि छिन्चु सडक बन्द

वडा अध्यक्ष कार्कीको निधनपछि छिन्चु सडक बन्द

  • सुर्खेत/ मोटरसाईकल दुर्घटनामा घाईते  सुर्खेतका सबैभन्दा कान्छा वडा अध्यक्षको मृत्यु भएपछि स्थानीयहरुले छिन्चु सडक बन्द गराएका छन् । मोटरसाईकल दुर्घटनामा घाईते सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडा अध्यक्ष नवराज कार्कीको शुक्रबार राति काठमाडौंस्थित न्यूरो अस्पतालमा अध्यक्ष कार्कीको मृत्यु भएको हो। फागुन ८ गते सुर्खेतको छिन्चु बजार नजिक फोर्स गाडीले उनी सवार मोटरसाईकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा ३० वर्षीय कार्की गम्भीर घाईते भएका थिए। दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राख्दै स्थानीयले बजार र सडक बन्द गराएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    आज बिहान ६ बजेदेखि सुर्खेत–नेपालगञ्ज सडकखण्ड अन्तर्गत तीन ठाउँमा सडक अवरुद्ध पारेका छन् । भेरीगंगा नगरपालिका वडा नम्बर २ सत्तरी, वडा नम्बर ४ तोलीखोलामा पनि सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख पदम बहादुर बिष्टले जानकारी दिए ।

    AGNI GROUP

    उनका अनुसार कर्णाली प्रदेशको मुख्य नाका बन्द हुँदा प्रदेश भित्रिने र बाहिरिने यातायातका सम्पूर्ण साधनहरु ठप्प भएका छन् । बिहान नेपालगञ्जका लागि हिंडेका केही सवारी साधन र यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij