
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । पीडित गायिका समिक्षाको पक्षमा अभिनेत्रीहरू बोल्न थालेका छन् । अभिनेत्री रेखा थापा र ऋचा शर्माले गायिका समिक्षाको पक्षमा बोलेका हुन् । जबरजस्ती करणी गरेको उजुरी परेपछि अभिनेता पल शाह न्यायिक हिरासतमा छन् । उनी तनहुँ प्रहरीको न्यायिक हिरासतमा छन् ।
‘२० वर्षमुनिका छोरीहरु बालिका हुन् । बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो,’ आफ्नो आधिकारिक फेसबुक पेजमा अभिनेत्री रेखा लेख्छिन् । अर्की अभिनेत्री ऋचा शर्माले पनि नाबालिगको संरक्षण कानुनको सम्मान रहेको बताएकी छन् । ऋचाले नाबालिगको संरक्षण, कानुनको सम्मान हो,’ आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij