Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं/ काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सञ्चारकर्मीले गलत सूचना र समाचार प्रवाह गर्दा राज्यलाई घाटा हुने बताएका छन् । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशद्धारा आयोजित ‘काठमाडौं महानगरपालिका र मिडियाको भूमिका’ बिषय अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख शाक्यले यस्तो बताएका हुन् ।
नगरप्रमुख शाक्यले भने, ‘सञ्चारकर्मीले पूर्वाग्रह राखेर नियोजित रुपले भन्दा पनि तथ्यपरक रुपमा यथार्थमा आधारित रहेर समाचार सम्प्रेषण गर्नुपर्छ । पत्रकारले गलत कुराको उजागर गर्नुपर्छ तर पूर्वाग्रह राखेर भ्रम सिर्जना गर्नु हुँदैन ।’

अन्तरक्रियामा मन्तव्य राख्दै शाक्यले रानीपोखरीलाई ३६५ दिन नै खुल्ला राखेर सर्वसाधारणले अवलोकन गर्न पाउने व्यवस्था गर्ने, पत्रकारले मागेका सबै काठमाडौं सूचना महानगरले उपलब्ध गराउने वताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij