
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । बलिउड अभिनेता शाहरुख खान चार महिनापछि सुटिङ सेटमा फर्किएका छन् ।
छोरा आर्यन खानको लागू औषध प्रकरण कारण विगत चार महिना देखि शाहरुख फिल्म छायाँकनको लागि समय दिन सकेका थिएनन् ।
शाहरुख खान अहिले आफ्नो नयाँ फिल्म पठानको छायाँकनमा जोडिएका छन् । यशराज फिल्म्सले टिजर सार्वजनिक गर्दै पठानको बाँकी छायाँकन अघि बढाउने घोषणा हालै गरेको थियो ।
यतिबेला उनी ‘पठान’ को अर्को शेड्युलको सुटिङका लागि आईतबार स्पेन पुगेका छन् । फिल्म पठान अर्को वर्षको २५ जनवरीमा रिलिज हुने भएको छ । हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij