Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आयोगले सुरु गर्यो निर्वाचन सामग्री खरिद प्रक्रिया

आयोगले सुरु गर्यो निर्वाचन सामग्री खरिद प्रक्रिया

  • काठमाडौं/ बैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने २३ प्रकारका सामग्री खरिदका लागि प्रक्रिया पुर्याएका १० वटा सेवा प्रदायक कम्पनीको बोलपत्र स्वीकृत गरेको छ । आयोगले निर्वाचन तयारीबारे जानकारी गराउन बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १० वटा ‘क्लस्टर’ बनाएर सामग्री खरिदका लागि बोलपत्र आह्वान गरिएकोमा फागुन २२ गतेको आयोग पदाधिकारीको बैठकले बोलपत्र स्वीकृत गरेको जानकारी गराए ।

    onlinepatrika
    Arghakhachi

    प्रवक्ता अर्यालले १० वटै कम्पनीसँग खरिद सम्झौता भइरहेको जानकारी दिए। आयोगले खरिद सम्झौताका लागि बिहीबारसम्मको समयसीमा तोकेको थियो । १० वटै छुट्टाछुट्टै प्याकेजमा आयोगले २७ करोड १९ लाख ५२ हजार ८०६ रुपैयाँ खर्चिनेछ । आयोगका अनुसार १० वटा प्याकेजको २३ वटा सामग्रीमध्ये सबैभन्दा बढी मतदान स्थलको गोपनीयताका लागि प्रयोग गर्र्नु पर्दा र छेकबारामा १२ करोड ७८ लाख ९१ हजार रुपियाँ खर्चिनेछ । आयोगले निर्वाचनमा करिब २२ हजार मतदान केन्द्र हुने अनुमान गरेको छ ।

    AGNI GROUP

    सहायक प्रवक्ता अर्यालले मतदाता नामावली अद्यावधिकअन्तर्गतका कार्यक्रम, निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको नामावलीको अध्ययन भइरहेको वताए।
    स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको छ । आयोगले निर्वाचनमा भाग लिन फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको थियो । आयोगले सात दिनभित्र निवेदन परेको दलको जाँचबुझ गर्नुपर्ने कानुनी व्यवस्था छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij