Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गोदावरी नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन समारोह

जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाले बाँडेको मन्त्र 

जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाले बाँडेको मन्त्र 

  • प्रधानमन्त्री शेरबहादुर देउवाले भने, 'सीमित साधनस्रोतका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व निर्वाह गर्न सक्नुपर्दछ ।' 

    onlinepatrika
    Arghakhachi

    ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले जनप्रतिनिधिले आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्ने बताएका छन् । ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले सङ्घीय शासन प्रणालीसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको बताउँदै दायित्व र जवाफदेही निर्वाह गर्नुपर्ने उल्लेख गरेका हुन् । 

    AGNI GROUP

    उनले भने, 'नागरिकको नजिकको सरकार स्थानीय तह भएकाले यो सरकारसँग नागरिकको अपेक्षा धेरै हुनु स्वभाविक हो । सीमित साधनस्रोतका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्दछ ।' 

    उनले स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवा सुविधाको प्रभाव जनतामा प्रत्यक्ष र छिटो पर्ने हुँदा जनताको काम छिटो छरितो ढंगले बिना कुनै अवरोध सम्पन्न गरी आमनागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य भएको उल्लेख गरेका हुन् । यता गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गोदावरीमा आफूले गरेको विकासको काममा स्थानीयले सराहना गरेको बताए । 

    भवनको गाथा 

    गोदावरी नगरपालिकाको प्रशासनिक भवन २०७५ सालको आश्विन २५ गते नगरपालिकाका संघीय सासंद नवराज सिलवाल, प्रदेश सासंद चेतनाथ सञ्जेल र सुशीला पुन र मेयर जगेन्द्र महर्जनले शिलान्यास गरेका थिए । करिब १२ रोपनी जग्गामा निर्माण भएको यो भवन ७ तलाको छ । भवनमा २ तल्ला बेसमेन्ट पार्किङ रहेको छ । परम्परागत डिजाइनमा बनाइएको भवनको माथि हल रहेको छ ।

    २७ करोड ४९ लाख ८९ हजार ३५ रुपैयाँ भवन निर्माणको बजेट विनियोजन गरिएपनि तुल्सीभक्त ड्रागन जेभिलले २१ करोड ४५ लाख ५६ हजार ६१ रुपैयाँमा ठेक्का लिएर संयुक्त ठेक्कामा भवन निर्माण गरेको बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij