Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । अक्षय कुमार बलिउडका सर्वाधिक व्यस्त अभिनेतामध्ये एक हुन्। उनी वर्षमा ४/५ वटा फिल्ममा काम गर्छन्।अक्षयसँग ठूला प्रोजेक्टको लाइन लाग्ने गर्छ। उनी यतिबेला प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बच्चन पाण्डे’ का कारण चर्चामा छन्।
अक्षयले हालै एक अन्तर्वार्तामा आफू एउटा फिल्मका लागि सय दिनभन्दा बढी समय दिन नसक्ने बताएका छन्। उनले भनेका छन्, ‘जुन फिल्मको सुटिङ सय दिनभन्दा बढी हुन्छ म त्यो फिल्ममा काम नै गर्दिनँ।’ आफूले काम गर्ने फिल्मको सुटिङ ४५/५० दिनमै सक्नुपर्ने मान्यता रहेको पनि उनले बताएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij