Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बास्तविक कारुणिक रचनामाथि विद्यार्थी नेतृको धम्की

बास्तविक कारुणिक रचनामाथि विद्यार्थी नेतृको धम्की

  • ललितपुर/ प्रकाश सपुतको ‘पीर’ नामको नयाँ गीत पीर रिलिज भएको २४ घण्टा पनि नबित्दै गीतमाथि पक्ष बिपक्षमा बहस उत्पन्न भएको छ । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको १६ मिनेट २५ सेकेण्ड लामो उक्त गीत यतिबेला युट्युबको ट्रेन्डिङमा रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    बास्तविकता बोकेको कारुणिक रचना सार्वजनिक भएको २४ घण्टा नवित्दै माओवादी निकट विद्यार्थी अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले प्रकाश सपुतलाई युट्युबबाट उक्त गीत हटाउन धम्की समेत दिएकी छिन् । गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट यसको चर्को आलोचना भइरहेको छ । सपुतले सर्वाजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने बताएकी छन् ।

    AGNI GROUP

    अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले प्रकाश सपुतलाई युट्युबबाट उक्त गीत हटाउन धम्की दिनै लेखेको फेसबुक स्टाटस यस्तो छ :- 

    पीर नामक गीतमा आफ्नो जवानी माओबादी युद्धमा होमिएको, युद्धमा होमिएका एक व्यक्ति युद्ध सकिएपछि अभाव र आर्थिक दवावमा दैनिक जीवन यापन गर्न कठिन भएको कुरालाई उजागर गरिएको छ । माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रले अहिले भोगिरहेको जीवनमा आधारित गीतबारे मिश्रित प्रतिक्रिया आएका छन्।

    यस्तो छ प्रकाश सपुतले युट्युब मार्फत सार्बजनिक गरेका 'पीर' नामक गीत

     

    कलिलैमा माओवादी सेनामा भर्ती भएका र सेना समायोजनका बेला बहिगर्मनमा परेका बहिर्गमित बाल सैनिक संगठनका प्रमुख लेनिन बिष्टले यो गीतले सशस्त्र युद्धमा होमिएका योद्धाहरूको वास्तविकता दर्शाएको बताएका छन्।

    'सत्यतालाई दृश्यमा देखाउँदा जनयुद्ध र तमाम महिलाहरूको अपमान भयो भन्ने साथीहरूले के बुझ्नुपर्छ भने 'जनयुद्धको अपमान शब्दको पर्दालेु योद्धाहरूको पीडालाई छोप्न खोज्नु न्यायसंगत हुदैन! बरू योद्धाहरूको व्यवस्थापनबारे सोच्नुपर्छ,' बिष्टले लेखेका छन्, 'कयौं चेली योद्धाहरू आज पनि खाडीको कोठरीमा कष्टकर अवस्थामा छन भने कयौं पुरूष योद्धाहरू पनि सोही अवस्थामा छन्, तपाईंहरूलाई प्रमाण चाहिए म दिन्छु। अन्यथा योद्धाहरूको पीडालाई जनयुद्धको अपमान शब्दको पर्दाले नछोपौं !'

    त्यस्तै माओवादी सशस्त्र युद्धमा सहभागी भएका तर पछिल्लो समय माओवादी त्यागेका पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका  संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गीतमा आपत्ती मान्नुपर्ने कुनै विषय नभएको बताएका छन्।

    उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्- 'म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले  प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ती मान्नुपर्ने कुरा छैन। गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ। त्यसनिम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्काउने ?'

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij