Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जनता भावना अनुसार कांग्रेसले निर्णय लिन्छ : प्रकाशमान सिंह

जनता भावना अनुसार कांग्रेसले निर्णय लिन्छ : प्रकाशमान सिंह

  • काठमाडौं/ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी स्थानीय निर्वाचनमा जनताको भावना बुझेर मात्रै कांग्रेसले गठबन्धनबारे निर्णय लिने बताएका छन् । नेपाली कांग्रेसले सुरु गरेको ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ एकमहिने कार्यक्रमअन्तर्गत साेमबार मीनभवनमा आयोजित कार्यक्रममा उनले जनताको राय र सुझावका आधारमा निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे पार्टीले निर्णय लिने बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    “कांग्रेस एकमहिने अभियान लिएर जनताको घरदैलोमा गएको छ, जनता र पार्टीका कार्यकर्ताले दिएको राय, सुझावलाई लिएर कांग्रेसले स्थानीय तहको निर्वाचनमा अरु पार्टीसँग गठबन्धन गर्ने वा नगर्नेबारे निर्णय लिन्छ”, उनले भने ।

    AGNI GROUP

    नेता सिंहले अहिलेको गठबन्धनको निर्माण कांग्रेसको रहर नभई बाध्यता भएको भन्दै संविधानलाई सही दिशामा लैजानका लागि सरकारले काम गर्ने बताए। आम नागरिकले सहजरूपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन परेको उनको भनाइ थियो ।

    पार्टीका पूर्वमहामन्त्री सिंहले अमेरिकी सहयोग सम्झौता (एमसिसी) का बारेमा विभिन्न राजनीतिक दलले जनतामा भ्रम छर्ने काम गरेको भन्दै एमसीसीका बारेमा जनतालाई बुझाउनु जरुरी रहेको उल्लेख गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij