Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले युट्युबका प्रयोगकर्ता जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताएका छन् । अध्यक्ष नेपालले झुठा समाचार, सूचना र विषयलाई बंग्याएर प्रचार हुँदा मानिसहरुलाई निकै ठुलो आहत पार्ने र कतिपय मानिसको मानसिकतालाई नै खल्बल्याइदिन सक्ने भएकाले सचेत र जिम्मेवार हुनुपर्ने बताएका हुन् ।
अध्यक्ष नेपालले ‘सहि बाटोमा जानका लागि राज्यले सवैलाई उत्प्रेरित गर्नुपर्ने र सहि बाटोमा जान सिकाउनु संगै कहिलेकाही चेतावनी पनि दिनुपर्ने बताए । केही गर्दा पनि पार लागेन भने अन्तिम उपाय अपनाउन पनि सकिने बताउँदै नेता नेपालले भने, ‘म युट्युबको प्रयोगकर्तालाई पनि भन्न चाहान्छु कि तपाईहरु जिम्मेवार भएर प्रस्तुत हुनुस् ।’ यस्तै, अध्यक्ष नेपालले राजनीतिलाई आकर्षणको विषय बनाउनका लगि असल चरित्र र असल व्यक्तिलाई अघि सार्नुपर्ने र त्यसका लागि सञ्चारमाध्यमले पनि सकारात्मक भूमिका खेल्नुपर्नेमा पनि जोड दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij