Jun 05 2026 | २०८३, जेठ २२ गते
ललितपुर । प्रहरीले ७ लाख ४८ हजार रुपैयाँसहित ११ जना ‘जुवाडे’लाई पक्राउ गरेको छ । हिजो शुक्रबार राति ललितपुर महानगरपालिका–८ यल्मुलस्थित ज्ञानी महर्जनको घरमा जुवा खेलीरहेको अवस्थामा ११ जनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–९ बस्ने ४८ वर्षीय किशोर महर्जन, ४७ वर्षीय ईन्द्र महर्जन, ४० वर्षीय काजी शेर्पा, ललितपुर–७ बस्ने ३५ वर्षीय गणेश महर्जन, ललितपुर ६ बस्ने २९ वर्षीय रोशन महर्जन, ललितपुर–८ बस्ने २५ वर्षीय गणेश महर्जन रहेका छन्
यस्तै, ललितपुर–२० बस्ने ३९ वर्षीय रजित महर्जन, ललितपुर १२ बस्ने ३५ वर्षीय एनिश महर्जन, ललितपुर– २१ बस्ने ३० वर्षीय निकेन महर्जन, काठमाडौंको नागार्जुन नगरपालिका–४ बस्ने ४२ वर्षीय अजय श्रेष्ठ र भक्तपुरको ठिमी बस्ने २९ वर्षीय रविन बज्राचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ७ लाख ४८ हजार ८४५ रुपैयाँ नगद बरामद गरिएको र पक्राउ परेका ११ जनाविरुद्ध थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij