Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कलम त्यागेर गुरुहरु राजनीतितिर कस्सिए

कलम त्यागेर गुरुहरु राजनीतितिर कस्सिए

  • काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने घोषणा गरेको छ । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् । 

    onlinepatrika
    Arghakhachi

    लामो समयदेखि निरन्तर शिक्षण पेसामा लागेका पुराना शिक्षकले पनि शिक्षण पेशा त्यागेर राजनीतिको बाटो राोज्न थालेका छन् । यसमा भन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत शिक्षकहरू पनि राजीनामा दिन थालेका हुन् ।

    AGNI GROUP

    राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवम् निमित्त महानिर्देशक रामराज खकुरेलले सोमबार को कुराकानीमा पछिल्लो समय राजीनामा दिने शिक्षकको संख्या ह्वात्तै बढ्न थालेको बताए। उनले भने, ’अहिले राजीनामा दिएर सेवा निवृत्ति सुविधा लिन आउने शिक्षकको संख्या बढ्न थालेको हो।’

    किताबखानाको तथ्याङ्कअनुसार साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा ३ हजार ४ सय १२ जनाले जागिर छाडिसकेका छन् । जब कि यसअघि एक वर्षको अवधिमा ३ हजार ३ सयले मात्र राजीनामा दिएका थिए।’ गत वर्ष अधिकांशले उमेर हद नाघेकाले मात्र राजीनामा दिएको किताबखानाको भनाइ छ ।

    यस अघिको स्थानीय तहको निर्वाचनमा पनि धेरैँ शिक्षकले शिक्षण पेशा छाडेर शिक्षक चुनावमा भिडेका थिए । चुनावमा हार पछि कतिपय शिक्षक पुनः शिक्षण पेशामै फर्किएको पनि देखिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij