Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समृद्ध नेपालको अभिभारा पूरा गर्न एमाले

समृद्ध नेपालको अभिभारा पूरा गर्न एमाले


  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पुरानो लोकतान्त्रिक पार्टी भएको बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    बुधबार बबरमहलमा सुरु पार्टी केन्द्रीय कमिटी बैठकमा ओलीले एमाले वामपन्थी मात्रै नभएर पुरानो लोकतान्त्रिक पार्टी भएको बताएका हुन् । 
    उनले, एमाले वामपन्थी मात्र नभई लोकतान्त्रिक आन्दोलनको मूलधार बोकेको पार्टी हो भन्न कुनै गाह्रो नभएको बताउँदै, अब लोकतन्त्र रहने नरहने न्यायिक समाजको स्थापना हुने नहुने प्राप्त उपलब्धीहरुको रक्षा हुने नहुने भन्ने मूख्य कुरा रहेको बताए । 

    AGNI GROUP

    यस्तै, अध्यक्ष ओलीले अहिले लोकतन्त्र र प्राप्त उपलब्धी रक्षा गर्नुपर्ने खास परिस्थिति रहेको बताउँदै लोकतान्त्रिक आन्दोलनको रक्षा गर्न एमालेले आगामी चुनाव जित्नुपर्ने बताए । उनले सुखी नेपाल, समृद्ध नेपालको अभिभारा पूरा गर्ने दायित्व पूरा गर्न पनि एमाले चुनाव जित्नुपर्ने बताए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij