Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नेविसंघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले पदभार सम्हालेका छन्। शुक्रबार नेविसंघ कार्यालयमा पूर्वअध्यक्ष राजीव ढुंगानाले एक कार्यक्रमकाबीच शेर्पालाई पदभार हस्तान्तरण गरेका हुन्।
पदभार ग्रहणपछि अध्यक्ष शेर्पाले पार्टीले दिएको म्यान्डेडअनुसार निर्वाचन सकिएको तीन महिनाभित्र संगठनको १२औँ महाधिवेशन गर्ने बताए।
विद्यार्थी राजनीतिमा गुमेको विश्वासलाई फर्काउन आफूले पहल गर्ने उनको भनाइ थियो। त्यस्तै उनले आफ्नो कार्यकालमा कुनै पूवाग्रह नराखी संगठनलाई विस्तार र बलियो बनाउने दाबी गरे। कांग्रेसले बुधबार शेर्पालाई नेविसंघको अध्यक्ष नियुक्त गरेको गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij