Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाच आयोगले बलमिच्याइ गरेको आरोप लगाएका छन् ।
आइतबार एमाले स्थायी कमिटी बैठलाई सम्बोधन गर्दै ओलीले मतपत्रको रङ बदल्ने निर्णयप्रति आपत्ति जनाउँदा जनाउँदै पनि बलमिच्याइ गरेको आरोप लगाए ।
निर्वाच आयोगप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘मत पत्रको रङ बदल्नै पर्छ,’ ‘ यो विल्कुलै आपत्तिजनक कुरा हो । निर्वाचन आयोगले यस्ता क्रियाकलप गर्न मिल्दैन । हामीले आपत्ति जनाउँदा जनाउँदै बलमिच्याइ किन ?’
ओलीले सत्ता गठबन्धनको समझदारीमै आयोगले सबै गरिरहेको समेत अरोप लगाए । ‘निर्वाचन आयोगले हरियो रङ छान्यो, यो एउटा संकेत हो,’ उनले भने, ‘हरियो रङ लगाउँदा छर्लङ्ग देखिने रहेछ भन्ने कुरा आयोगले ग¥यो । सूर्यमा हरियो रङ लगाउँदा कसरी प्रष्ट देखिने रहेछ ? हरियो रुख ढपक्क पार्ने निर्वाचन आयोगको निर्णय आपत्तिजनक हो ।’
आयोगले दलहरुसँग परामर्श नगरि एउटा दल विशेषलाई फाइँदा पुग्ने गरि रङ निर्धारण गरेको आरोप लगाउँदै ओलीले यसको प्रतिवाद गर्न समेत नेताहरुलाई निर्देशन दिए । निर्वाचन आयोगको भूमिका तथस्ट हुनुपर्ने र सबैले विश्वास गर्ने खालको हुनुपर्ने उनको भनाइ थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij