Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री देउवा नयाँदिल्लीमा

प्रधानमन्त्री देउवा नयाँदिल्लीमा

  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज अपराह्न नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भट, भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा, भारतको बाह्यमामिला मन्त्रालय र यहाँस्थित नेपाली दूतावासका उच्च अधिकृतहरूले स्वागत गरेका थिए । 

    onlinepatrika
    Arghakhachi

    आजै प्रधानमन्त्री देउवासँग भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने उनले भारतीय जनता पार्टी (भाजपा)को प्रधानकार्यालय पुगेर भाजपा नेताहरूसँग समसामयिक विषयमा विचारविमर्श गर्नेछन् । भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले साँझ त्यहाँस्थित नेपाली दूतावासमा आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन् ।

    AGNI GROUP

    भोलि चैत १९ गते भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् भने  प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । 

    वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।

    Deuba Dilli 2.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij