
May 01 2025 | २०८२, वैशाख १८ गते
सुर्खेत । टाउको बिनाको बच्चाको शवलाई कुकुरले मुखमा च्यापेर सुर्खेतको कर्णाली प्रदेश अस्पताल परिसरमा आएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । हेर्दा हृदय विदारक देखिने उक्त दृश्यको अहिले अस्पताल र प्रहरीले समेत छानविन गरिरहेको छ ।
कुकुरले च्यापेको मृत बच्चा कसको हो ? कुकुरले कहाँबाट ल्यायो ? भन्ने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले यो तस्वीरको वास्तविकताबारे जानकारी लिन अनुसन्धान गरिरहेको छ । अस्पताल परिसरमा कुकुरले बच्चाको शव च्यापेर दौडिरहेको देखेपछि कुरुवा बस्न गएका स्थानीय युवा हरि कंडेलले तस्वीर खिचेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि घटनाबारे छानबिन भईरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij