Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कंगोमा विद्रोहीको आक्रमणबाट नेपाली सेनाको मृत्यु

कंगोमा विद्रोहीको आक्रमणबाट नेपाली सेनाको मृत्यु

  • काठमाडौं । शान्ति स्थापनार्थ कंगोमा खटिएका नेपाली सेनामाथि विद्रोहीले आक्रमण गरेको छ । उक्त आक्रमणमा परि १ जना नेपाली सैनिकको मृत्यु भएको छ। 

    onlinepatrika
    Arghakhachi

    अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गरेका थिए।

    AGNI GROUP

    आक्रमणबाट एक जना नेपाली सेनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ। ती सैनिकको परिचय खुलाइएको छैन। संयुक्त राष्ट्रसंघका महासचिवले शोक विज्ञप्ति जारी गरी मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै शान्ति सेनामाथि गरिएको आक्रमणको निन्दा गरेका छन्।

    नेपाली सेनाको मुख्यालयका अनुसार कर्डन एण्ड सर्चको कारबाही सञ्चालन गरी विद्रोहीको स्थान कब्जा गरिसकेको अवस्थामा अज्ञात स्थलबाट आक्रमण भएको थियो। आक्रमणबाट घाइते सैनिकलाई हेलिकप्टरबाट उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिएको थियो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij