Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

राखेप जिम्मेवारीमा फर्के घिसिङ

राखेप जिम्मेवारीमा फर्के घिसिङ


  • काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ जिम्मेवारीमा फर्केका छन् ।

    images
    images
    images

    जिम्मेवारी सम्हाले लगत्तै पत्रकारसित कुराकानी गर्दै घिसिङले एशियाली खेलकुद र राष्ट्रिय खेलकुदलाई प्राथमिकता दिएर काम गर्ने बताए ।

    उनले नवौं राष्ट्रिय खेलकुद यही आर्थिक वर्षमा गर्ने उनले बताए । अबको ५ महिनामा एशियाली खेलकुद हुँदै छ । त्यसका लागि तत्काल संघहरलाई बोलाएर छलफल गर्ने र तयारी थाल्ने उनले बताए ।

    शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तत्कालिन राखेप सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरी गत मंसिरमा सरकारले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।

    तर त्यो नियुक्ती खारेजीको माग गर्दै सिलवाल सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले मंगलबार सिलवालको रिट खारेज गरेपछि घिसिङलाई जिम्मेवारीमा फर्कन बाटो खुलेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij