Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देउवालाई दबाब दिन कास्की कांग्रेसका नेता काठमाडौँमा 

देउवालाई दबाब दिन कास्की कांग्रेसका नेता काठमाडौँमा 

  • काठमाडौँ । केन्द्रीय नेतृत्वबाटै पोखरा महानगरको प्रमुख पद गुम्ने खतरा देखेपछि कास्की कांग्रेसका नेताहरू काठमाडौँ पुगेका छन् । सभापति किशोरदत्त बरालसहितको टोलीले केन्द्रीय नेताहरूलाई दबाब दिने र पोखराको मेयर आफैले पाउनुपर्ने माग राख्ने छन् । टोलीमा पुर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेशमन्त्री विन्दुकुमार थापासहितका नेता छ ।

    onlinepatrika
    Arghakhachi

    कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेतालाई बुधबार भेटेर पोखराको जनमतबारे स्पष्ट पारिने सभापति बरालले बताए । ‘अहिलेसम्म निर्णय भएको छैन । कांग्रेसबाहेक अरुले जित्न सक्दैन भन्ने स्थापित गराउन हामी काठमाडौ‌ पुगेका हौँ,’ उनले भने‘‘जिल्लामा कसैले पनि मेयर छोड्न मान्दैनन् । अरुलाई दिएर चुनाव जित्न पनि सकिँदैन ।’  

    AGNI GROUP

    डेढदेखि दुई सय जना नेताकार्यकर्ताले केन्द्रीय कार्यालय घेराउ गर्ने सचिव भानु ढकालले बताए । ‘गठबन्धन गर्ने निर्णय ठिकै छ । तर, जनतमतको आधारमा केन्द्रीय समितिले महानगर विभाजन गर्न लागेपछि त्यसको विरोध गरेको हो । जनमतको आधारमा विभाजन हुनुपर्छ,’ उनले भने, ‘हामी मेयर छोडेर जान सक्ने अवस्थामा छैनौं । डालाको चामल मानामा खन्याउँदा पोखिन्छ । मानोको चामल डालोमा हाल्दा ठिक हुन्छ । पोखरामा कांग्रेस डालो हो, अरु माना हुन् ।’

    उपमेयर भने गठबन्धनका कुनै दललाई दिन सकिने उनीहरूको सुझाव छ । केन्द्रीय गठबन्धनका नेताहरूको धारणाअनुसार पोखरा नेकपा एकीकृत समाजवादीको भागमा पर्न सक्ने संकेत छ । यद्यपि, यसबारे अझै निर्णय भैसकेको छैन । ‘निर्णय सच्याउनुपर्छ, नत्र हामी अस्विकार गर्छौँ । जबरजस्ती निर्णय लाद्न खोजे आफै निर्णय गरेर पोखरामा कांग्रेस जिताउँछौँ,’ पूर्वमन्त्री यज्ञबहादुर थापा भन्छन्, प्रमुख पद छोड्नु कांग्रेसका लागि महंगो हुनेछ ।’

    अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार करिब १४ हजार मतान्तरले पराजित भएको पोखरामा अहिले एमालेबाट एकीकृत समाजवादीका रुपमा फुटेपछि कांग्रेसलाई जित्ने आस छ । माओवादी पनि अघिल्लो चुनावमा आफूहरूले कांग्रेसलाई सहयोग गरेको भन्दै पैंचो फिर्ता हुनुपर्ने माग राखेको छ । समाजवादीले समेत मेयरमा  जित्ने दावी पेश गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij