Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन्।
महासंघको मंगलबार भएको अधिवेशनले स्वाँरलाई निर्विरोध रूपमा अध्यक्षमा चयन गरेको हो।
उनी लामो समयदेखि महासंघमा वरिष्ठ उपाध्यक्ष रहेका थिए। तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका स्वाँरलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाइएको महासंघले जनाएको छ।
स्वाँर नेपाली कांग्रेसका नेतासमेत हुन्। कैलाली क्षेत्र नम्बर २ बाट उनी कांग्रेस महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छन्। महासंघको वरिष्ठ उपाध्यक्षका लागि भने मतदान भएको थियो। तीन पदका लागि चार जना चुनावी मैदानमा थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij