Jun 05 2026 | २०८३, जेठ २२ गते
डोटी । डोटीमा सत्तारुढ गठबन्धनको बैठकले चुनावी तालमेलबारे सहमति जुटाउन सकेन । नेपाली कांग्रेस डोटी सभापति नरेन्द्रवहादुर सिंहले जिल्लस्तरमा सहपति हुन नसकेकाे बताए ।‘हामीले हाम्रो तहबाट गर्न सक्ने प्रयास गर्यौं, तर सहमति जुट्न सकेन’ सिंहले भने, केन्द्रबाट नयाँ परिपत्र नआएसम्म जिल्लामा गठबन्धन हुने अवस्था नदेखिएको सिंह बताउँछन् ।
डोटी जिल्लाका नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष शिवराज खड्काले कांग्रेस र माओवादीका बीचमा कुरा नमिलेका कारण सहमति जुट्न नसकेको बताउँछन् ।
सत्ता गठबन्धनको बैठकमा कांग्रेसले जिल्लाका नौ पालिकामध्ये दुई नगरपालिका सहित सात पालिका र ४५ वडामा दाबी गरेको छ । यस्तै, माओवादी केन्द्रले एक नगरपालिका सहित चार पालिका र ३४ वडा दावी गरेको छ । एकीकृत समाजवादीले दुई पालिका र १६ वडा मागेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij