Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सांघाईमा कोभिडबाट ७ जनाको मृत्यु

सांघाईमा कोभिडबाट ७ जनाको मृत्यु

  • एजेन्सी । चीनको सांघाईमा कोभिड–१९ बाट थप सात जनाको मृत्यु भएको छ। संक्रमणबाट मृत्यु भएका व्यक्तिहरू ६० देखि १०१ वर्ष उमेर समूहका छन्। उनीहरूको स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि रहेको बताइएको छ। यसअघि सोमबार अधिकारीहरूले सांघाइमा कोभिडबाट ३ जनाको मृत्यु भएको बताएका थिए। सांघाइमा मंगलबार २० हजार ४१६ जना नयाँ संक्रमित फेला परेका छन्।

    onlinepatrika
    Arghakhachi

    बेइजिङले शून्य–कोभिड नीतिलाई जोड दिँदै आएको छ। संक्रमण घटाउन उसले लकडाउन, सामूहिक परीक्षण, लामो क्वारेन्टाइन र कडा प्रतिबन्ध जस्ता उपायहरू अबलम्बन गर्दै आएको छ। तर, प्रतिबन्धकाबाबजुद पछिल्लो समयमा संक्रमण दर बढिरहेको छ।
     
    सरकारले सार्वजनिक गरेको आधिकारिक तथ्यांकमा केहीले शंका गरेका छन्। उनीहरूका अनुसार देशको बढ्दो बृद्ध जनसंख्यामा खोप दर न्यून छ। ​सांघाईका ६० वर्षमाथि दुई तिहाइभन्दा बढीले पूर्ण खोप लगाएका र करिब ४० प्रतिशतले बुस्टर डोज लगाएका स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका थिए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij