Jun 05 2026 | २०८३, जेठ २२ गते
अनलाइन गेम ‘फ्री फायर’ खेल्ने बहानामा १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा काठमाडौँबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ मातातीर्थका २७ वर्षीय महेश उदास रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीका अनुसार ती बालिका पाल्पास्थित घरमा बस्दै आएकी थिइन्। उनी अनलाइनबाट खेलिने गेम ‘फ्री फायर’ खेल्ने गर्थिन् । यही क्रममा उनको भेट महेशसँग भयो। महेशले उनलाई विभिन्न बहानामा फेसबुकमा साथी बनाएर प्रलोभन देखाई काठमाडौँ ल्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ।
अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको काठमाडौँ परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij