Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

 पालिकामा चक्रपथ, टोलटोलमा निःशुल्क इन्टरनेट सुविधा

 पालिकामा चक्रपथ, टोलटोलमा निःशुल्क इन्टरनेट सुविधा

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)  हरेक पालिकामा चक्रपथ, टोलटोलमा निःशुल्क इन्टरनेट सुविधा दिने घोषण गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    स्थानिय तह चुनावका लागि सार्वजनिक गरेको घोषणापत्रमा टोलटोलमा निःशुल्क इन्टरनेट सुविधा र प्रत्येक पालिकामा चक्रपथ बनाउने घोषणा गरेको हो । 

    AGNI GROUP

    ‘पालिकाको केन्द्र र वार्ड केन्द्रहरु जोड्ने सडक बनाइने छ’ घोषणापत्रमा उल्लेख छ, ‘चक्रपथ, पालिका केन्द्र र वडाका केन्द्र जोड्ने सडकसँग गाउँ, वस्ती तथा टोल लिंक रोड बनाइने छ।’नगरका सबै वडा कार्यालय, सबै स्कुल र अस्पतालमा पहिलो बर्षमै र टोलटोलमा क्रमशः इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ ।

    ‘पालिकाको कुल भूमिस्रोतको अध्ययन तथा नक्सांकन गरी आवास, सार्वजनिक पूर्वाधार, वन औद्योगिक क्षेत्र तथा कृषिजन्य भूमिका रुपमा वर्गिकरण गरिनेछ’ घोषणापत्रमा भनिएको छ, ‘अव्यवस्थित बसोबास गरेका व्यक्तिहरुलाई चरणबद्ध रुपमा स्थायी पूर्जा दिइने छ ।’आगामी ५० बर्षसम्मको जनघनत्व पूर्वानुमान गरी आधुनिक सहरी केन्द्र, आर्थिक कोरिडोर तथा औद्योगिक क्षेत्र विकास गरिने भएको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij