Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै

  • काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले आज घोषणा पत्र सार्वजनिक गर्ने भएको छ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर घोषणा पत्र सार्वजनिक गरिने घोषणापत्र तयारी समितिका सदस्य शंकर तिवारीले जानकारी दिए।

    images
    images
    images

    कांग्रेसले गत चैत १० गते महामन्त्री गगन थापाको नेतृत्वमा घोषणा पत्र तयारी समिति गठन गरेको थियो। घोषणा पत्रमा लोकप्रिय नारा भन्दा पनि नीतिगत रुपमा स्थानीय तहलाई बलियो बनाउने र सुशासनका कुराहरुलाई प्राथमिकतामा राखिएको तिवारीले बताए। उनकाअनुसार स्थानीयको आवश्यकताका आधारमा सम्बन्धित उम्मेदवारहरूले आफ्नो घोषणापत्र सार्वजनिक गर्न सक्नेछन्। 

    images

    घोषणापत्रका लागि विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरिएको र छलफलका आधारमा ५ वर्ष भित्र गर्न सक्ने कामहरु समेटेर घोषणा पत्र तयार गरिएको समितिले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij