Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । ‘म यस्तो गीत गाउँछु २’ अर्को महिनाबाट अन्तर्राष्ट्रिय प्रदर्शन सुरू हुने भएको छ। यस फिल्मलाई विश्वभर प्रदर्शनका लागि नेपसिनेले जिम्मा लिएको छ।
चलचित्रका निर्माताद्धय सुदर्शन थापा र पूजा शर्माले नेपसिनेका नेपाल प्रमुख विधान कार्कीसँग सम्झौता गरेका हुन्। नेपसिनेले यो चलचित्रलाई विश्वभर वितरण गर्नेछ। यस फिल्मको प्रदर्शनका लागि अन्य विभिन्न देशबाट पनि कुरा आइरहेको नेपसिनेका नेपाल प्रमुख विधानले जानकारी दिए।
फिल्मलाई अमेरिका र क्यानडामा नेपसिनेले प्रदर्शन गर्नेछ भने बेलायतमा मिफुरुङ यूथ, यूके मगर एसोसियसनले प्रदर्शनको जिम्मा लिएको छ।
यस्तै,अष्ट्रेलियामा चलचित्रलाई नेपाली टचले प्रदर्शन गर्ने जिम्मा लिएको छ। फिल्मको लागि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा र हङकङ रिलिजका लागि सम्झौता भइसकेको निर्देशक सुदर्शन थापाले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij