Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्थानीय तह निर्वाचन : माओवादीकोभन्दा राप्रपाको उम्मेदवार बढी

स्थानीय तह निर्वाचन : माओवादीकोभन्दा राप्रपाको उम्मेदवार बढी

  • काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवारी नेकपा एमालेले दिएको छ।  निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ९ बजेसम्मको विवरण अनुसार उमेदवारको दलगत स्थितिमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले)बाट परेको छ।

    onlinepatrika
    Arghakhachi

    विवरण अनुसार प्रमुख पदमा एमालेबाट २८८ जनाको उम्मेदवारी परेको छ। त्यस्तै, अध्यक्ष पदमा ४४६ जनाको उम्मेदवारी दर्ता भएको देखिएको आयोगले जनाएको छ । सो दलबाट उपप्रमुख र उपाध्यक्षमा क्रमशः २८३ र ४४५ उम्मेदवारी परेको छ। त्यस्तै एमालेबाट वडाध्यक्ष पदमा ६ हजार ४६८ जनाको उम्मेदवारी परेको छ ।

    AGNI GROUP

    त्यस्तै, सत्तारुढ दल नेपाली कांग्रेसबाट प्रमुख पदमा २६३ र अध्यक्षमा ३८२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । सोहीअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा २४८ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदका लागि २९१ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट प्रमुख पदमा १ हजार ३७६ र अध्यक्ष पदमा १ हजार २४ जनाको उम्मेदवारी परेको आयोगको लगत छ। 

    उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दल माओवादी केन्द्रलाई उम्मेदवारी दर्तामा उछिनेको छ।

    उपप्रमुखमा राप्रपाबाट २२७ उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसबाट २१० उम्मेदवारी परेको देखिएको छ।  सोहीअनुसार उपाध्यक्ष पदका लागि कांग्रेसबाट ३५९ जनाको उम्मेदवारी परेको छ भने माओवादी केन्द्रबाट सोही पदमा ३१४ जनाको उम्मेदवारी दर्ता भएको छ।

    त्यस्तै, वडाध्यक्षमा एमालेबाट ६ हजार ४६८, कांग्रेसबाट ६ हजार ७७, माओवादी केन्द्रबाट ४ हजार ३८५ र स्वतन्त्रबाट ५ हजार ८३१ जनाको उम्मेदवारी परेको छ।

    सोहीअनुसार महिला सदस्यका लागि एमालेबाट ६ हजार ३१८, कांग्रेसबाट ५ हजार ९९६, माओवादी केन्द्रबाट ४ हजार १०७, राप्रपाबाट २ हजार ८९ जनाको उम्मेदवारी दर्ता भएको छ।

    त्यस्तै, दलित महिला सदस्यका लागि एमालेबाट ६ हजार ११२, कांग्रेसबाट ५ हजार ७३१, माओवादी केन्द्रबाट ३ हजार ८३५, राप्रपाबाट १ हजार ६३३ जनाको उम्मेदवारी परेको छ। त्यस्तै, सदस्य खुलाका लागि एमालेबाट १२ हजार ६७०, कांग्रेसबाट ११ हजार ९३४, माओवादी केन्द्रबाट ८ हजार ५३८ र राप्रपाबाट ४ हजार ६३० जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ।

    सोहीअनुसार प्रमुख पदमा अन्यबाट १ हजार २९१, अन्यबाट अध्यक्षमा १ हजार २३५, अन्यबाट उपप्रमुखमा १ हजार २१, अन्यबाट उपाध्यक्ष ९१३, अन्यबाट वडाध्यक्ष १२ हजार १८८, अन्यबाट महिला सदस्य ७ हजार ५५७, अन्यबाट दलित महिला सदस्य ६ हजार १६०, अन्यबाट खुला सदस्य १६ हजार ८८६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

    आयोगका अनुसार विभिन्न पदमा गरि १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ। कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचन सो संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।  

    प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ। 

    यसैगरी वडाध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वड सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको आयोगले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij