Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रथयात्रामा १० जनाको मृत्यु

रथयात्रामा १० जनाको मृत्यु

  • भारतको तमिलनाडुको तञ्जावुरमा एउटा मन्दिरको रथयात्राका क्रममा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ। रथयात्राको क्रममा हाईभोल्टेज तारमा ठोक्किएर १० जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यमहरुमा उल्लेख छ।

    onlinepatrika
    Arghakhachi

    तिरुचिरापल्ली सेन्ट्रल जोन आईजी वी बालाकृष्णनले दुर्घटनामा अन्य १५ जना घाइते भएका बताए।  प्राप्त जानकारी अनुसार दुर्घटनामा धेरै श्रद्धालुहरु गम्भीर घाइते भएका छन् । घाइतेलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ ।

    AGNI GROUP

    सोही क्रममा खबर पाएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमा दुई बालबालिका पनि रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij