Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सार्वजनिक स्थानमा कांग्रेस उम्मेदवारको प्रचार सामग्री

सार्वजनिक स्थानमा कांग्रेस उम्मेदवारको प्रचार सामग्री

  • बुटवल । निर्वाचन आचारसंहितविपरीत तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार रामकृष्ण खाँणले सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको पाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा पठाएको पत्रमा प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने उल्लेख छ ।

    AGNI GROUP

    उम्मेदवार खाँणको प्रचार सामग्री योगीकुटी सडक किनारमा राखेको पाइएको हो । निर्वाचन आयोगले यही १९ वैशाखमा सबै जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयलाई पत्र लेख्दै सार्वजनिक स्थानमा पार्टीका झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न नहुने आचारसंहिताको पालना गराउन निर्देश गरेको थियो । 

    त्यस्तो सामाग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिई आदेशको बर्खिलाप गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैंयाँसम्म जरिवाना गर्ने र कुनै  उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लघंन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यसतो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्ने प्रावधान छ ।279380895_522932245964343_4399332852917897658_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij