Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

 लमजुङमा मतदानबारे अन्योलमा मतदाता

 लमजुङमा मतदानबारे अन्योलमा मतदाता

  • लमजुङ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि लमजुङमा मतदान शिक्षा कार्यक्रम सञ्चालन नहुँदा  मतदाता अन्योलमा पर्ने देखिएका छन । ३० वैशाखमा हुने स्थानिय तह निर्वाचनमा उम्मेदवार र राजनीतिक दल यतिबेला मतदाताको घरदैलोमा व्यस्त छन् ।  लमजुङको बेसीशहर नगरपालिका-११ की पार्वती थापा पनि कसरी मतदान गर्ने भन्ने अन्योलमै छिन् ।

    onlinepatrika
    Arghakhachi

    मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा पार्वतीजस्ता धेरै मतदाता अहिले अलमलमा छन्। जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सृजना मिश्रका अनुसार मतदान गर्ने विषयमा विभिन्न सञ्चारमाध्यमबाट जानकारी हुने भएकाले आयोगबाट यो कार्यक्रम हटाइएको उनको भनाइ छ  । मतदाता शिक्षाबारे राजनीतिक दल र तिनका उम्मेदवार तथा कार्यकर्ता पनि अन्योलमै छन् । नमुना मतपत्र आइसकेको भए पनि उम्मेदवार प्रचारमै व्यस्त हुनुपरेकोले मतदाता शिक्षातर्फ ध्यान दिन नपाइएको उम्मेदवारले बताएका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij