Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेकपा एमालेः गोदावरी नगरमा मेयर र उपमेयर उम्मेदवारी

नेकपा एमालेः गोदावरी नगरमा मेयर र उपमेयर उम्मेदवारी

  • ललितपुर । मेयर  उम्मेदवार गम्भीर बहादुर राना
    गम्भीर बहादुर राणा गोदावरी नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिएका छन् । राणाले विकास निमार्णका विभिन्न योजनाहरू पूरा गर्ने गरी  पहिलो प्रथमिकता बाटोघाटोलाई दिने बताए ।

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य, शिक्षा, खानेपानी र युवाहरूलाई रोजगारी दिने  विकास कार्यक्रमहरू निर्माण गर्ने र त्यस्ता कार्यक्रमलाई  कृषक र कृषिसँग जोड्ने उनले जनाए । सबै नगरवासीको माग अनुसार साझा प्रमुखको रूपमा काम गर्नेछु ।

    AGNI GROUP

    कोभिडको बेलामा आफूले नगरवासीको सक्दो सहयोग गरेँ । नगरवासीसँग मिलेर अभिभावकको रूपमा काम गरेको र नगर विकासमा योगदान दिँदै आएको छु । प्रमुखमा  जिते  नगरवासीको आवश्यकता तथा प्राथमिकता  अनुसार सेवा तथा विकास गर्न आफू प्रतिबद्ध भएको उनले बताए ।

    उपमेयर उम्मेदवारी रमी प्रधानाङ्ग
    रमी प्रधानाङ्ग अहिले नेकपा एमालेको तर्फबाट गोदावरी नगरपालिकाको उपप्रमुख पदका लागि उम्मेदवारी दिएकी छन्। महिला, बालबालिका, अपाङग, जेष्ठनागरिक  सबैको मागलाई पूरा गरी उचित ढङ्गले काम गर्ने बताइन् ।

    विभिन्न भाषाभाषीहरूलाई पर्यटकको रूपमा ल्याइ भौगोलिक पर्यटनको विकास गर्ने, पर्यटकीय सम्भावनाहरूको विस्तारमा जोड दिने , शिक्षा, रोजगारी, स्वास्थ्य, तीन क्षेत्रलाई अत्यावश्यक  मानी आवश्यक पूर्वाधारको विकास गर्ने उनले बताइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij