Jun 05 2026 | २०८३, जेठ २२ गते
जनकपुर । धनुषामा एमाले कार्यकर्ताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारमाथि निर्घात कुटपिट गरेका छन्।
सबैला नगरपालिका वडा नम्बर-४ मा राप्रपाका तर्फबाट वडा सदस्यका उम्मेदवार रहेका समशुल राइन मियामाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेका हुन्।आक्रोशित एमाले कार्यकर्ताले समशुल र उनका परिवारका सात जनामाथि कुटपिट गरेको भन्दै राप्रपाले घटनाको निन्दा गरेको छ।
प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न आग्रह गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij