Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

कविता : ‘देश एक रङ्गमञ्च’

कविता : ‘देश एक रङ्गमञ्च’

  • कविता

    onlinepatrika
    Arghakhachi

    ‘देश एक रङ्गमञ्च’

    मानौ,
    रङ्गमञ्चमा,
    करोडौँको भिडमा,
    कोहि त छन त्यस्तो
    जादुशक्ति भएको जस्तो।
    बिल्कुल अदृश्य।
    काम भएको छ जहाँ,
    कर्ता नि छ त्यहाँ।
    तर, त्यो हैन मान्ने कसरी,
    हेर्दा काम,गरेछ जसरी।

    AGNI GROUP

    रचैता एक,
    निर्देशक अर्को,
    ब्याक्ति छन दुई
    काम भयो तीन,
    अर्को देखिन्छ कसरी,
    अदृश्य छ भुत प्रेत जसरी।
    देखिदा नि देखिन्न 
    त्यो बिना काम पनि सकिन्न ।
    कतै न कतै झ्यालबाट देखिराछ,
    नियन्त्रक बनि अदृश्य घोचिराछ ।
    को होला त्यो ?
    कस्तो होला त्यो ?
    अदृश्य छ किन ?

    रङ्गमञ्च भएको छ देश
    बेचिएको छ धर्म, बेचिएको छ भेष।
    संस्कृति लिलाम भयो,
    मलाई पनि कता मिलौँ भयो ।
    जाति जातिमा दङ्गा गरिन्छ,
    सत्ताशनमा बसि रङ्ग गरिन्छ।
    सत्ताको चाँहि गाथा गाउने 
    भित्र भित्र नाता लाउने ।

     

    मानौ,
    रङ्गमञ्चमा,
    करोडौँको भिडमा,
    कोहि त छन त्यस्तो
    जादुशक्ति भएको जस्तो।
    बिल्कुल अदृश्य।
    काम भएको छ जहाँ,
    कर्ता नि छ त्यहाँ।
    तर, त्यो हैन मान्ने कसरी,
    हेर्दा काम, गरेछ जसरी।

     

    देशलाई रङ्गमञ्च बनायो।
    स्वाभिमान हरायो।
    स्वाधिनता हरायो।
    अपराध गर्यो,
    वकिल बनायो
    आफ्नै वकालत।
    अचम्म।
    मेरो देश भयो एक रङ्गमञ्च।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij