Jun 04 2026 | २०८३, जेठ २१ गते
ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-५ मा १९ वर्षीया किशोरी अचेत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालका अनुसार अचेत अवस्थामा फेला परेकी किशोरीको टाउकामा चोट लागेको उनी बताउछन्।
उनको बलात्कार गरेर कुटपिट गरी फालिएको आशंका गरिएको छ। ओखलढुंगाको मिसन अस्पतालमा किशोरीको उपचार गराइएको छ। थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं पठाउने तयारी भइरहेको डीएसपी खनालले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij