
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ। स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख ५० हजार ५१६ मतगणना गरिएको छ ।
पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन) ५० हजार ३० मत प्राप्त गरी जितनजिक पुगेका छन् । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३० हजार ७६७ मत ल्याएकी छन् ।
नेकपा (एमाले)का उमेदवार केशव स्थापित ३० हजार १५ मतका साथ तेस्रो स्थानमा छन् ।
काठमाडौं महानगरमा कुल एक लाख ९० हजार ९८४ मत खसेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij