Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नव दुर्गा आवि शिक्षक भर्ना प्रकरण : यसरी गरेका थिए शिव र सुनिताले सेटिङका कुरा (अडिओ)

नव दुर्गा आवि शिक्षक भर्ना प्रकरण : यसरी गरेका थिए शिव र सुनिताले सेटिङका कुरा (अडिओ)

  • रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ७ को नवदुर्गा आधारभूत विद्यालयमा शिक्षक भर्ना गर्दा आर्थिक चलखेलको विषयमा कुराकानी गरेको अडियो र फेसबुक म्यासेन्जर कुराकानी सार्वजनिक भएको छ। उक्त विद्यालयको बाल शिक्षक कोटामा शिक्षक भर्ना गर्ने क्रममा ३० हजार घुस लिएरको सावैजनिक भएसँगै उक्त शिक्षक भर्ना गर्ने क्रममा शिक्षिका सुनिता कार्की र नेपाली कांग्रेस मन्थली नगरपालिका वडा नम्बर–७ को सचिव शिव कार्कीबीच भएको कुराकानी बाहिरिएको छ। 

    onlinepatrika
    Arghakhachi

    विद्यालयको बालकोटामा शिक्षक भर्ना गर्ने क्रममा कांग्रेसका वडा सचिव शिव कार्कीले बालकोटाको शिक्षकमा नाम निकाल्दिनको लागि शिक्षिका सुनिता कार्कीसँग ३० हजार घुस मागेको अडियो र फेसबुक म्यासेन्जर कुराकानी बाहिरीएको हो। उनले नगरपालिका र विद्यालयको कर्मचारीसँग सेटिङ मिलाएर नाम निकालिदिने भन्दै सुनितासँग ३० हजार मागेको छ।

    AGNI GROUP

    यस विषयमा कांग्रेसका सचिव कार्कीले आफूले ३० हजार मागेको स्वीकार गरेका छन्। उनले सुनितासँग ३० हजार मागेको तर सुनिताले १५ हजार मात्र दिएको बताए। उनले भने, ‘हामीले विभिन्न खर्च र शिक्षकलाई तलव खुवाउनको लागि भनेर ३० हजार मागेको हो , तर, उनले विद्यालय व्यवस्थापन समितिको अध्यक्षको खातामा १५ हजार मात्र हाल्दियो बाँकी पैसा दिएन।’ उनले विद्यालय सञ्चालन गर्न शिक्षकको परिक्षामा पास भएकाहरुसँग पैसा उठाउँदै आएको बताए। 

    कार्कीले विव्यस अध्यक्षको खातामा पैसा हाल्दिएको बताएपनि विव्यस अध्यक्ष छत्र मुगरातीले भने आफूले यो विषय अहिले मात्र थाहा पाएको बताए। उनले नेपाली कांग्रेसका वडा सचिव शिव कार्की विद्यालयभन्दा बाहिरको मान्छे भएको र यो विषय विद्यालयभन्दा बाहिर कै रहेको बताए। उनले विद्यालयले शिक्षक भर्नामा आर्थिक चलखेल नगरेको पनि बताए।

    त्यस्तै विद्यालयको प्रधानाध्यापक राजु मुगरातीले पनि आफूलाई यो विषय जानकारी नभएको बताए । उनले विद्यालयले शिक्षक भर्नामा स्वच्छ प्रतिस्पर्धा गराएर शिक्षक भर्ना गरेको बताए । 

    तर, शिक्षिका भर्नामा आर्थिक चलखेल भएको समाचार बाहिरिएपछि शिशिका सुनिता कार्कीले आफूले शिक्षक भर्नामा कसैलाई कमिसन वा घुस नदिएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै यस्तो बताएकी हुन् । उनले आफूले स्वच्छ प्रतिस्पर्धा गरेर शिक्षिका भएको समेत दाबी गरेकी छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij