Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडाैँ । झापाको शिवसताक्षीस्थित धरमपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना म्यादी प्रहरीको मृत्यु भएको छ। मृतक म्यादी प्रहरीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको बसले प्रदेश १–०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना म्यादी प्रहरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। निर्वाचन सुरक्षामा खटिएर कार्यालयमा फर्किंदै गर्दा उनीहरुलाई बसले ठक्कर दिएको हो।
दुर्घटनापछि बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij