Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रुसले युक्रेनको पूर्वी क्षेत्रमा  गर्यो फेरि आक्रमण 

रुसले युक्रेनको पूर्वी क्षेत्रमा  गर्यो फेरि आक्रमण 

  • युक्रेन। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले डोन्बास क्षेत्रमा रूसले गरेको आक्रमणका कारण उक्त क्षेत्र बसोबासका लागि अनुपयुक्त हुनसक्ने बताएका छन्।टेलिभिजनमार्फत् गरिएको सम्बोधनका क्रममा उनले पूर्वी युक्रेनका सहरहरूलाई खरानीमा परिणत गर्ने रुसको मनसाय देखिएको बताए।

    onlinepatrika
    Arghakhachi

    यसअघि युक्रेनी उपरक्षामन्त्रीले रुसीहरूले एकैसाथ धेरै क्षेत्रमा आक्रमण गरेको र युद्धको गति झन् तीव्र हुँदै गएको बताएकी थिइन्।युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले देशको पूर्वी भागमा अवस्था मानिसहरूले बुझे भन्दा निकै खराब रहेको बताएका छन्।

    AGNI GROUP

    सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गर्दै उनले रुसी सेनाविरुद्ध उभिनका लागि पश्चिमा राष्ट्रहरूसँग युक्रेनलाई खासगरी एकै पटक धेरै रकेट प्रहार गर्न सकिने प्रणाली लगायतका शक्तिशाली हतियार उपलब्ध गराउन पुनः आग्रह गर्दै भने,‘हामीलाई शक्तिशाली अस्त्रको आवश्यकता छ। त्यो नभएको अवस्थामा हामी रसी सेनालाई पछि धकेल्न सक्ने अवस्थामा छैनौँ।’

    मस्कोले हाल डोन्बासका दुई सहर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। कुलेबाले खाद्यान्नको आपूर्ति हुने एउटा मुख्य युक्रेनी बन्दरगाहमा रूसले अवरोध सिर्जना गरेकै कारण विश्वमा खाद्य सङ्कटको खतरा बढेको बताएका छन्।

    डोन्बासको रूपमा परिचित पुरानो तथा महत्त्वपूर्ण औद्योगिक केन्द्रलाई स्वतन्त्र पार्ने घोषित लक्ष्यका साथ रुसी फौजहरूले पूर्वी युक्रेनका सहरमाथि बमबारी गरिरहेको बताइएको छ।

    दोस्रो ठूलो सहर खार्किभमाथि कब्जा गर्ने अभियानलाई त्यागेका भ्लादिमिर पुटिनले धेरै मात्रामा रुसी भाषा बोलिने पूर्वी युक्रेनमा सैन्य जित हासिल गर्न चाहिरहेका छन् जहाँ युक्रेनले नरसंहार गरिरहेको उनको आरोप छ।

    युक्रेनमाथि आक्रमण अन्त्य गरी त्यसलाई सफलताको सङ्ज्ञा दिनका लागि पूर्वी युक्रेनमा आफ्नो उद्देश्य पूर्ति गर्नु रुसी राष्ट्रपति पुटिनको न्यूनतम आवश्यकता रहेको बताइएको छ।

    युक्रेनले डोन्बास क्षेत्रका लागि भइरहेको लडाइँ युरोपमा दोस्रो विश्व युद्धपश्चात् सबैभन्दा ठूलो रहेको जनाएको छ। तर युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो भूमिको प्रत्येक सेन्टिमिटरका लागिु सेना लडिरहने बताएका छन्। बीबीसी

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij