Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। यसअघि, मंगलबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेको थियो।
बुधबार छापावाल सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ प्रतितोला कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य भने यथावत् रहेको छ। मंगलबार जस्तै बुधबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij