
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । ओखलढुंगामा जंगली च्याउँ खाँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना बिरामी भएका छन्। मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका-७ फुलवारी टोल बस्ने ९३ वर्षीया मनमाया बिष्ट र २४ वर्षीया ढककुमारी विष्ट रहेका छन्।
आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया विष्ट, ढककुमारीसमेत एकै परिवारका ४ जना जेठ २८ गते बिरामी भएका थिए। त्यसपछि उनीहरूलाई उपचारको लागि मिसन अस्पताल ओखलढुंगा पठाइएको थियो।
उपचारको क्रममा ढक कुमारीको सोही अस्पतालमा र मनमाया विष्टको काठमाडौँ शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई जनाको काठमाडौँ शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij