
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १२.५७ अंकले बढ्दै १९ सय ७८.९४ विन्दुमा उक्लिएको हो ।
यस्तै, क वर्गको सेन्सेटिभ समेत आज ३.१० अंकले बढ्दै ३८२ बिन्दुमा उक्लिएको छ ।
दोहोरो अंकले नेप्से बढेको बजारमा आज कारोबार रकम भने १ अर्ब १८ करोडमा नै सीमित हुन पुगेको छ ।
यसदिन १३ वटा उपसूचकमध्ये जीवन बीमा समूह र इन्भेष्टमेन्ट समूह बाहेकका अन्य ११ उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij