Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं। रुसी समाचार आउटलेट नोभाया गजेटाका प्रधान सम्पादक दिमित्री मुराटोभको स्वामित्वमा रहेको नोबेल शान्ति पुरस्कार पदक संयुक्त राज्य अमेरिकामा बिक्री गरिएको छ।
सो पदक लिलामी प्रक्रियाद्वारा १०३.५ मिलियन अमेरिकी डलर ( हेरिटेज अक्सन)मा बिक्री भएको हो।लिलामी शुरु हुनु अघि मुराटोभले उठाएको सबै पैसा पोल्याण्ड, रुस, जर्मनी, मोल्डोभा, स्लोभेनिया, चेक रिपब्लिक र हङ्गेरीलगायत देशहरूमा रहेका युक्रेनी शरणार्थीहरूलाई सहयोग गर्न युनिसेफलाई दिइने बताएका छन्। मुराटोभले २०२१ मा सो पदक जितेका थिए।
अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने उनीहरूको प्रयासको लागि सो पुरस्कार दिइएको थियो।युद्धबाट विस्थापित युक्रेनका बालबालिकालाई सहयोग गर्ने अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्दै उनले सो सहयोगको घोषणा गरेका हुन्।
युक्रेनी शरणार्थी सङ्कटको पूर्ण दायरा मापन गर्न गाह्रो छ र दोस्रो विश्वयुद्धपछि युरोपमा अन्य कुनै पनि शरणार्थी सङ्कट भन्दा यो सङ्कट धेरै पेचिलो छ।
मे २४ सम्म संयुक्त राष्ट्रसंघको अनुमान अनुसार ६६ लाख शरणार्थीले युक्रेन छोडेका छन्।करिब ३५ लाखभन्दा बढी पोल्याण्ड, लगभग १० लाखभन्दा बढी रोमानिया, र १० लाख शरणार्थी रुसतर्फ भागेका छन्। यसै बीच हङ्गेरी, मोल्डोभा र स्लोभाकियाले शरणार्थीहरूलाई समायोजन गर्न सङ्घर्ष गरिरहेका छन्।रासस
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij