Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विभाजित नेकपा मिलाउन चिनियाँको दौडधुप

विभाजित नेकपा मिलाउन चिनियाँको दौडधुप

  • काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओको टोलीले विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई जोड्ने प्रयास गरेको छ। चारदिने नेपाल भ्रमणमा आएको सो टोलीले नेकपा शीर्ष नेताहरूलाई भेटेर पार्टी विभाजन हुन नदिन मिलनबिन्दुबारे खोजीनीति गर्दै पुनः एकताको प्रयास थालेको हो।

    onlinepatrika
    Arghakhachi

    पार्टी एकताको समेत सूत्रधार मानिएको गुओको टोलीले काठमाडौंमा प्रधानमन्त्री केपी ओलीसहित नेकपाका चार नेतालाई भेटेर विभाजनको औचित्य र यसले पार्ने असर तथा नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टीको भविष्यबारे चासो व्यक्त गरेको थियो। गुओको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री एवं नेकपाका शीर्ष नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटी नेकपा विभाजित हुनुको कारण बुझेका थिए।

    AGNI GROUP

    आइतबार र सोमबार दिनभरि नै चिनियाँ नेताहरूले नेकपाका शीर्ष नेताहरूसँग भेट गरे। चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओको टोली तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र माओवादी केन्द्रबीच एकताका लागि २०७४ फागुन ७ मा सातबुँदे समझदारी हुनेबित्तिकै नेपाल आएको थियो। तत्कालीन समयमा दुई पार्टीलाई एकताबद्ध बनाउने काममा उनको टोलीले काम गरेको बताइन्छ। पार्टी विभाजन हुनेबित्तिकै गुओको टोली नेपाल आएर नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्नुले यो पार्टीमा चिनियाँ प्रभाव रहेको भन्न सकिने अवस्था आएको छ। प्रधानमन्त्री ओलीसँग आइतबार राति अबेर भेटघाट गरी गुओको टोलीले पार्टी एकताका लागि पहल गर्न आग्रह गरेको थियो। टोलीले चिनियाँ राष्ट्रपति सी चिन फिङको समेत पार्टी विभाजन नहोस् भन्ने धारणा रहेको सन्देश सुनाएको थियो।

    प्रधानमन्त्री ओलीले आफूमा कुनै समस्या नभएको जवाफ दिँदै यो नेकपाको आन्तरिक मामिला भएकाले यसमा अरूको सहयोग आवश्यक नहुने धारणा राखेको स्रोतको दाबी छ। नागरिक दैनिकमा खबर छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij