
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ। साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३१.२१ अंकले घटेको छ । केही समयदेखि लगातार ओरालो लाग्दै आएको सेयर बजार मंगलबार भने ३७.४९ अंकले बढेको थियो ।
बुधबार आज दुई सय २९ वटो कम्पनीको ३० लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा जम्मा ८४ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ ।
घट्दो बजारमा समेत ग्लोबल आईएमई सम्मुनत योजनाको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ९.७५ पैसा पुगेको छ । यस्तै आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ८७३.४० पुगेको छ ।
युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरका लगानी कर्ताले सबैभन्दा बढी गुमाए । ६.४८ प्रतिशतले घटेर यसको मूल्य ६१५.३० पुगेको छ । यस्तै हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको मूल्य ५.६२ प्रतिशतले घटेर १८३ रुपैयाँमा झरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij